पछिल्लो ६ महिनामा एप्पलले किन्यो २५ कम्पनी, हरेक २/३ सातामा नयाँ अधिग्रहण

चर्चित प्रविधि कम्पनी एप्पलले हरेक २/३ सातामा एउटा नयाँ कम्पनी किन्ने गरेको यसका सीइओ टिम कुकले दाबी गरेका छन् ।

कुकले वर्कसायर हाथवे कम्पनीको वार्षिक साधारणसभामा मिटिङको क्रममा यो कुरा भनेका हुन् । एप्पलले बितेकाे ६ महिनामा मात्रै २५ नयाँ कम्पनी किनेकाे छ । एप्पल कम्पनीको भ्यालुयसन १ ट्रिलियन डलरभन्दा धेरै रहेको छ ।

कुक भन्छन्, ‘हामी औसत २/३ सातामा कम्पनी किन्छौं, यस्ता कम्पनीहरु साना हुन्छन् त्यसैले हामी यस्तो सम्झौताको घोषणा गर्दैनौं । हाम्रो उद्देश्य एप्पलमा राम्रो प्रतिभाहरु ल्याउन र बौद्धिक सम्पति बढाउनु रहेको छ ।’

कुकका अनुसार कम्पनीले एप्पललाई अगाडि बढाउनको लागि भविष्यमा प्रयोग हुने ती सबै कुरा किन्न चाहन्छ । त्यसैकारण उनीहरुले हरेक २/३ सातामा एक कम्पनीलाई अधिग्रहण गर्ने गरेका छन् ।

एप्पलले यसै रणनीति अनुसार सन् २०१८ मा डिजिटल म्याग्जिन सब्सक्रिप्सन सर्भिस टेक्स्चरलाई अधिग्रहण गरेको थियो । यसपनि यसको प्रयोग एप्पल न्यूज सर्भिसमा गरियो ।

आमरुपमा एप्पलले ठूलो खरीद सम्झौता गर्दैन । हालसम्मकै उसको सबैभन्दा ठूलो खरीद सम्झौता ३ अर्ब डलरको रहेको छ ।

सन् २०१४ मा उसले यो मुल्यमा बिट्स म्युजिक कम्पनीलाई अधिग्रहण गरेको थियो । एप्पलले त्यसपछि बिट्सलाई आफ्नो म्युजिक स्ट्रिमिङमा परिवर्तन गरिदियो ।

सन् २०१६ मा कम्पनीले टाइम वार्नरलाई किन्ने कोसिस गरेको थियो तर यसमा उसलाई सफलता मिलेन । अमेरिकी व्यापार विश्लेषकहरुका अनुसार एप्पलले टेस्ला र नेटफ्लिक्स जस्ता कम्पनीहरुमा आँखा गाडेको छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here