काठमाडौं, २४ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक बुधबार १३.०५ अंकले बढेको १५०८.२० बिन्दुमा पुगेको हो । यसदिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ ।
२ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये १० समूहको परिसूचक उकालो लागेको छ भने २ समूहको परिसूचक ओरालो लागेका छन् ।