काठमाडौं, २४ भदौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको बताएको छ ।
क्यान महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै निषेधाज्ञाका कारण आर्थिक गतिबिधि संचालन ठप्प भएको बेलामा कर बिबरण तथा भुक्तानी गर्नुपर्ने सरकारी व्यवस्थाअव्यवहारिक भएको बताएको हो ।
क्यान महासंघले सो व्यवस्थालाई सहुलियतपुर्ण गरिदिन समेन माग गरेको छ।
यसका साथै प्रविधिको बिस्तार र पहुँचलाई प्रबद्र्धन गर्दै सूचना प्रविधिको विकासमा विशेष ध्यान दिन र यस क्षेत्रका व्यवसायलाई यथा संभव सुबिधा वा सहुलियत दिई प्रोत्साहित गर्न समेत सबैसँग अनुरोध गरेको छ।
त्यसैगरि स्वास्थ्य तथा सुरक्षा मापदण्ड उलंघन गर्नेहरुलाई कडा कारबाहीको व्यवस्था गरी व्यवसाय सञ्चाललनको वातावरण मिलाउन समेत आग्रह गरेको छ ।




























[…] […]