थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय १८ जना डिस्चार्ज

काठमाडौं, २४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८ सय ८२ उपचारपछि निको भएका छन्।

देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here