संशोधित सामूहिक लगानी कोष नियमावली लागू, पुर्नखरिद गर्दा लिने शुल्क अब योजनाको आय

काठमाडौं, २४ भदौ । नेपाल धितोपत्र बोर्डले बुधबारदेखि संशोधित सामूहिक लगानी कोष नियमावली २०७७ लागु गरेको छ ।

अर्थ मन्त्रालयबाट स्वीकृति पाएसँगै बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, २०७७ आजदेखि लागु गरेको हो ।

संशोधनले योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । बिद्यमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने, बोर्डको भनाइ छ ।

त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।

उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।

सम्बन्धितः

बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने

नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत गर्न सकिने

लगानी कोषको ‘पे एज यु गो’मा आधारित नयाँ प्रडक्ट, रु. ५ सयदेखि माथि वचत गर्न सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here