दुई ओटा ट्विनअटरले माग धान्न सकेनन्, खरिद प्रक्रिया अघि बढाउन मन्त्रीको निर्देशन

काठमाडौं, २४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको बैठकमा मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

आन्तरिकतर्फ दुईबटा मात्र ट्विनअटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउनु पर्ने उनको भनाइ छ ।

नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी संचय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

बायु सेवा निगम ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न उनले भनेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसका साथै, निगमको स्थिति सुधारको लागि आआफ्नो विभागबाट तत्कालीन र दिर्घकालीन योजना बनाएर अघि बढनु पर्ने उनको भनाइ छ ।

निगम ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्ने मन्त्रालयको योजना छ ।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन समेत दिएका छन् ।

त्यसैगरी, खर्च कटौती तथा मितब्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न पनि मन्त्रीले निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र तोक्नु पर्नेमा जोड दिएका छन् ।

सम्बन्धितः

‘उद्धार यात्रुको हवाइ भाडा तेब्बर, चौब्बर भयो भन्ने कुरा कहाँबाट उठिरहेका छन’

हवाई पार्किङ शुल्कमा ७५ प्रतिशत छुट, डिमरेज चार्ज पनि नलाग्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here