भारत बन्यो कोरोनाको नयाँ इपिसेन्टर, दैनिक थपिने संक्रमित एक लाख नजिक

काठमाडौं, २५ भदौं । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।

पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर संक्रमणमा नयाँ रेकर्ड कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here