सुनको मूल्य बढ्यो

काठमाडौं, २५ भदौं । नेपाली बजारमा सुनको मूल्य फेरि लगातार उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो ।

बिहीबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here