नेप्सेको टीएमएस समस्या सल्टियो, सेयर कारोबार साँझ ५ बजेसम्म

काठमाडौं, २५ भदौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या समाधान भएसँगै कारोबार सुरु भएको छ ।

नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५ बजेसम्म चल्ने नेप्सेले जनाएको छ ।

टीएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। समस्या देखिएपछि सेयर कारोबार रोक्का गरेको थियो ।

बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।

सेवा अवरुद्ध हुँदा लगानीकर्ता प्रति पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here