विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव शनिबार हुँदै

काठमाडौं । “स्पाईनी ब्याबलर इभोलुसनकोे आयोजनामा शनिबार विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव हुने भएको छ ।

अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहनेछ ।

कार्यक्रममा दुईदेखि चौधवर्षका यी प्रतिभाशाली बालबालिकाले आफ्नो कला प्रस्तुत गर्नेछन् ।

स्पाईनी ब्याबलरले अतुलनिय सांगीतिक साँझ प्रस्तुत गर्दै आएको छ ।


उक्त प्रस्तुतिमा २३ महिनाकी जोयाले पियानो, मादल, मुरली गीत गाउँदै रमाइन् भने नौ वर्षीय आरम्भ ढकालले सिन्धुलीगढी बाँसुरीमा, सम्यक सिंह थापाले रेशम फिरीरी पियानोमा स्नीग्धाले बाँसुरीमा लोक शान्तिधुन तयार गरेका छन् ।

अमेरीकाबाट सहभागीहरूमा १२ वर्षिया आशा, १४ वर्षिय एडन, ८ वर्षिय आयन, ७ वर्षिय अमुल्य, ६ वर्षिया माहिका आदित, सानी ४ वर्षीय आना त्यसैगरी अदिश्री र आफरीनले आफ्नो प्रतिभा देखाएका छन् ।

नेडरल्याण्डका टेनेके मोअरम्यानले संगीतिक महोत्सव अवलोकन गरेपछी विश्वव्यापी श्रोता योग्य रहेको भनि टिप्पणी गरे ।

८४ वर्षका ईश्वरी सापकोटाले नाती विषेश र साथीहरूको प्रस्तुतिको तयारी यो संगीत महोत्सव गज्जब लागेको प्रतिक्रिया दिईन् । यसले बालबालिकाहरूको आत्मबल बढाउँछ, ज्ञान र सिकाई प्रयोगमा ल्याउँछ र उनीहरूको अनुभव बढाउने उनको भनाई थियो ।

संगीत महोत्सवका सहभागी १० वर्षीया जून लिम्बुले, “गत महिनाको महोत्सव सुन्न र हेर्न एकदमै मज्जा आयो र ज्ञान पनि बढेको बताईन् ।

नेपाल तथा अमेरिकाका विभिन्न ठाँउ दाङ, सिस्नेरी, बुटवल, झापा, क्यालिर्फोनिया, किर्तीपुर देखि मेरील्याण्ड र काठमाडौंसम्मका बालबालिकाले आ–आफ्ना कृती र बुझाई श्रोता सामु राख्न पाउँदा निकै खुशी थिए ।

विदेहा रञ्जनले इम्याजिन गीत गायर पियानोमा र बाँसुरीमा बजाइन् शिलाले बाई द रीर्भर अफ ब्याबीलन गीत गाएर र बाँसुरीमा बजाएर, सम्यकले रेशम फिरिरि पियानोमा बजाएका थिए ।

च्याङबा होइ च्याङबा बिषेश सापकोटाले, रातो र चन्द्र सूर्य एन्जलले, मेरी हयाड लिटल ल्याम्ब आफरीनले, जून लिम्बु, बैभव, यजुरवेदले भोकल, विषेश शाक्यले फूलको आखाँमा प्रिन्स, प्रनिश, रिप्बलीका, अन्शुमालीले अनुसन्धान गरेर प्रस्तुती गरेका छन् । उनिहरुको यी प्रस्तुती गीत–संगीत युट्युबमा कम्तीमा तीन वर्षसम्म रहने छ ।

स्पाईनी ब्याबलर ईभोलुसनले प्रत्येक महीना बालबालिकाको सामाग्री प्रस्तुत गर्दै छ । अर्को दुई महोत्सव मानव सभ्यता र ११ मानव प्रणालीबारे हुनेछ ।

पाँच वर्षीय काशीका हजुरआमा शुष्मा बर्जाचार्यले संगीत महोत्सव निकै रोचक रहेको बताइन् ।

सन्जिव र सुमनले छोरीको बाँसुरी वादन सुनेर, “हामीलाई बालबालिकाको गीतसंगीत सुनेर ज्यादै रमाईलो लागेको बताउँदै स्पाईनी ब्याबलर ईभोलुशनले यस्ता कार्यक्रम गर्दै जाओस् र बालबालिकाले लुकेका प्रतिभा देखाउन पाउन उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here