१५ हजारमै ६.५ इञ्च डिस्प्लेसहितको शाओमीको रेडमी स्मार्टफोन, कस्ता छन् फिचर ?

काठमाडौं, २५ भदौ । शाओमीले ६.५ इञ्चको डिस्प्लेसहितको साओमी रेडमी ९सी फोन नेपालमा सार्वजनिक गरेको छ ।

यसका साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा कम्पनीले गरेको छ ।

ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा पनिप्रवेश गरेको छ ।

रेडमी ९सी नयाँ इन्ट्री लेबलको स्मार्टफोन हो । यसमा इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ ।

यसमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सीमा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ ।

एआई फेश अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५एमएम हेडफोन ज्याकका साथ आउँदछ ।

त्यसैगरी, आजै सार्वजनिक मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठुलो छ ।

प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको कम्पनीको भनाइ छ ।

५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् । यसमा ११ वटा व्यायाम मोडहरु छन् ।

रेडमी ९सी तीन कलर भेरियन्ट— सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबी+३२जीबी भेरियन्ट रु.१२ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ भने ३जीबी+६४जीबी भेरियन्ट रु. १४ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।

त्यस्तै, मी स्मार्ट ब्यान्ड ५ रु.४ हजार ४ सय ९९ मा उपलब्ध हुनेछ ।

सम्बन्धितः

शाओमीको ‘रेडमी नोट ९’ सिरिज नेपाली बजारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here