नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा पुनर्बीमा

काठमाडौं, २५ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से १२.४९ अंकले बढेर १५२०.६९ बिन्दुमा पुगेको छ ।

यसदिन १८९ कम्पनीको २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् ।

विहिबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३०२.०२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक ३०.२१ अंकले घटेको छ ।

पछिल्लो ४ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ ।

विहिबार पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here