सामाजिक क्षेत्रको कामलाई गौरवको आयोजना बनाऊः मन्त्री गुरुङ

काठमाडौं, २५ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन उनले परिषदका कर्मचारीहरुलाई सचेत पनि गराएका छन् ।

बिहीबार परिषदको ललितपुरस्थित केन्द्रिय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा बोल्दै उनले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको बताएका हुन् ।

सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने परिषदका अध्यक्ष समेत रहेका मन्त्री गुरुङको भनाई थियो ।

योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघि बढन पनि उनले परिषदका पदाधिकारीहरुको ध्यानाकर्षण गराए ।

कार्यक्रममा परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताको माध्यामबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

सम्बन्धितः

सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने महिला, बालबालिका मन्त्री पार्वत गुरुङको घोषणा

गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

‘सामाजिक क्षेत्रको कामपनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनु पर्छ ‘- मन्त्री गुरुङ

मानव बेचबिखनविरुद्धका अभियन्तालाई ‘राष्ट्रिय परिचय पत्र’ दिने योजना