सुनचाँदीकै भाउ घट्यो, तोलाको कति ?

काठमाडौं, २६ भदौ । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरीशुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ ।

चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here