तीन दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन

काठमाडौं, २६ भदौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो समय व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।

व्यापार व्यवसायमा नभएपनि सरकारले करदातासँग तीन दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले तीन दिनमा १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

तीन दिनमै राजश्व संकलन १४ अर्ब रुपैयाँ बढीले वृद्धि हुँदै ९५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । उक्त राजश्व १४ अर्ब १ करोड १६ लाख रुपैयाँले बढी हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत सोमबार कुल राजश्व संकलन ८१ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्ष २०७७/ ७८मा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म करमार्फत मात्रै ९१ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

करमार्फत मात्रै ७९ अर्ब ९ करोड ७७ लाख रुपैयाँ संकलन गरेको थियो ।

गैरकरमार्फत ३ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ र अन्य शीर्षकमा १० अर्ब ९ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन गरी कुल १ खर्ब राजश्व संकलन गरिएको छ ।

निषेधाज्ञाबीचमै राजश्व संकलनका लागि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै भदौ २३,२४ र २५ गते सबै बैकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन थियो ।

सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएसँगै राजश्व तिर्नेको संख्या वृद्धि भएको थियो ।

राजश्व तिर्ने बढेसँगै तनिदिनमा अपेक्षा गरेभन्दा बढी संकलन भएको दाबी छ ।

यो पनि ।

तीनदिन बैंकहरूका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

राजश्व संकलन लक्ष्यभन्दा कम, संसोधित लक्ष्यमा भने सफलता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here