वायु प्रदुषणको कारण वर्षमा ७० लाखको मृत्यु, ६ लाख बच्चामात्रै !

काठमाडौं, २५ बैशाख । धुलो र धुँवाको कारण काठमाडौं शहरमा वायु प्रदुषण अत्यधिक रहेको छ । वायु प्रदुषण काठमाडौंको मात्रै होइन विश्वकै एक ठूलो चुनौतीको विषय बनेको छ ।

घर होस् वा बाहिर जताततै वायु प्रदुषण, हाम्रो आँखाले नदेख्ने शुक्ष्म विषाक्त कणहरु हामीले सास फेर्ने हावामा घुलेका छन् । त्यसैले प्रदुषण अदृश्य तरिकाले मृत्युको प्रमुख कारकको रुपमा विकास हुँदै गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुप्रदुषणको कारण हरेक वर्ष विश्वमा ७० लाख भन्दा धेरै मानिसहरुको मृत्यु गरेको छ र ती मध्ये पनि ६ लाख बच्चाहरु रहेका छन् ।

संयुक्त राष्ट्रसंघका पर्यावरण र मानवअधिकारका विशेष दुत डेविड आर बोयडको अनुसार विश्वका ६ अर्ब भन्दा धेरै मानिसहरुले प्रदुषित हावामा सास लिने गरेका छन् ।

यसै कारण उनीहरुको जीवन खतरामा रहेको छ । यसमा एक तिहाई संख्या बच्चाहरुको रहेको छ ।

बोयडले जेनेभामा भएको मानवअधिकार बैठकमा भने ‘धेरै वर्षसम्म प्रदुषित हावामा सास लिने कारणले गर्दा मानिसहरुमा क्यान्सर, श्वासप्रश्वास सम्बन्धि समस्याहरु र मुटु सम्बन्धि समस्याहरु देखिने गरेका छन्, हरेक घण्टा ८ सय जना मानिसहरु मर्ने गरेका छन् । यो पूर्ण डाटा भने होइन यथार्थमा यो भन्दा धेरै मानिसहरुको मृत्यु हुने गरेको पनि हुन सक्छ ।’

उनका अनुसार वायु प्रदुषणलाई रोकथाम गर्न सकिन्छ । हावालाई स्वच्छ राख्नको लागि कानूनी दायित्व पुरा गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

आफु स्वस्थ रहनको लागि आफ्नो वरिपरिको वातावरण आफैले सुरक्षित राख्नुपर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here