मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले लियो ३११ जनाको ज्यान, ८४ बेपत्ता

फाइलफोटो

काठमाडौं, २६ भदौं । मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङमा परेर (जेठ ३० गतेदेखि भदौं २५ गतेसम्म) ३ सय ११ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ८४ जना हराईरहेका छन् । २७५ जना बेपत्ता भएका छन्।

पहिरोबाट सवैभन्दा धेरै २ सय ४८ जनाको मृत्यु भएको छ। यस समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ४९ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी १९० जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ३६ जनाको मृत्यु, ३५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।

बैशाखयता बाढी, पहिरो र चट्याङमा परी ३४६ जनाको मृत्यु

बैशाखयता पहिरो, बाढी र चट्याङका घटनामा परी ३४६ जनाले ज्यान गुमाएका छन् ।

जसमा ८५ जना हराईरहेका छन् भने २७५ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २५० जनाको मृत्यु, ५९ जना वेपत्ता भएका छन् । १९१ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ५७ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here