आर्थिक स्वतन्त्र सूचकमा नेपाल १०९ औं स्थानमा, पहिलोमा हङकङ

काठमाडौं, २६ भदौं । विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपाल एक स्थान माथि उक्लिएको छ ।

समृद्धि फाउन्डेसनले क्यानडाको फ्रेसर इन्सिच्युटसँगको सहयोगमा अध्ययन गरी सार्वजनिक गरेको ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्ड, २०२०’ को वार्षिक रिपोर्टअनुसार नेपाल गतवर्षको तुलनामा १ स्थान सुधार गर्दै १०९ औं स्थानमा परेको हो ।

२ वर्ष अघि अर्थात सन २०१८ मा भने नेपाल ६ दशमलव ५३ अंकसहित १०२ औं स्थानमा थियो।

सरकारी आकार सूचकमा नेपाले अघिल्लो वर्षको तुलनामा न्यून अंक पाएर ६३ औं स्थानमा छ।

कानूनी व्यवस्था तथा सम्पतिको अधिकार सूचकमा १०४ स्थाानमा छ। त्यस्तै साउन्ड मनीको पहुँच सूचकमा १३७ औं स्थानमा छ।

अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रतामा १११ औं स्थानमा रहेको नेपाल ऋण,श्रम र व्यापारको नियमन सूचकमा ७१ औं स्थानमा रहेको छ। हङकङ र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै, चीन यस सूचीमा १२४ औं स्थानमा छ ।

सूचीमा पहिलो १० देशहरूमा न्युजील्याण्ड, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयरल्यान्ड सामेल छन् ।

जापान सूचीमा २० औं, जर्मनी २१ औं, इटाली ५१ औं, फ्रान्स ५८ औं, रसिया ८९ र ब्राजिल १०५ औं स्थानमा छन् । सबैभन्दा तल रहेका देशहरूमा अफ्रिकी देशहरू, कंगो, जिम्बावे, अल्जेरिया, इरान, सुडान, भेनेजुएला आदि छन् ।

उक्त प्रतिवेदनका अनुसार गत एक वर्षमा सरकारको आकार, न्यायिक प्रणाली, सम्पत्ती अधिकार, विश्वव्यापी रूपमा व्यापार स्वतन्त्रता, वित्त, श्रम र व्यवसायको मापदण्डका आधारमा यो इन्डेक्स तयार पारिन्छ ।

यो रिपोर्टले १६२ देश र न्यायक्षेत्रमा आर्थिक स्वतन्त्रतालाई मापन गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here