‘फुटपाथ र ठेला पसल खोले कोरोना नियन्त्रणबाहिर जान्छ’- महानगर

काठमाडौं, २६ भदौं । काठमाडौं महानगरपालिकाले फुटपाथ पसल र ठेला व्यापार खोल्न दिए कोरोना महामारी नियन्त्रण बाहिर जाने भन्दै तत्काल नखोल्न प्रशासनलाई आग्रह गरेको छ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर आज ध्यानाकर्षण गराएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने’ आदेश जारी गरेको थियो ।

सोही बुँदामा फुटपाथ पसल, ठेला व्यापार समावेश भएकोले त्यसलाई हटाउन माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले ध्यानाकर्षण गराएकी हुन्।

महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको भन्दै उपमेयर खड्गीले प्रशासनको आदेश महानगरको नीतिविपरीत भएको बताइन्। फुटपाथ पसल र ठेला व्यापार खोल्दा महामारी नियन्त्रणबाहिर जाने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here