आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

सुनसरी, २७ भदौ । आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबी भुक्तानी दिएको हो ।

तीन बर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाँको विमा गरेका विमित मगरको असामयिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई रु. २० लाखको चेक हस्तान्तरण गरेको आईएमई लाईफ ईन्सोरेन्सले जनाएको छ ।

स्वर्गीय मगरले कम्पनीमा २०७४ असोज ४ मा बिमा गरेका थिए । उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परी उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

स्वर्गीय मगरको परिवारले एक महिना भित्र नै आवश्यक कागजात सहित विमा रकम माग दाबी गर्ने वित्तिकै रकम भुक्तानी दिईएको धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए ।

राईका अनुसार कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट रु. २० लाख ६० हजारको चेक इन्सोरेन्सका प्रदेश नं. एक प्रमुख कर्मराज पौडेलले वितरण गरेका थिए ।

सम्बन्धितः

आइएमइ लाइफ इन्स्योरेन्सको ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here