भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९७ हजार थपिए

काठमाडौं, २७ भदौ । भारतमा कोरोना भाइरसका संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।

दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए ।

भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख ५७ हजार ३७९ पुगेको छ ।

हाल ९ लाख ५७ हजार ७८७ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ८१ हजार ४५५ जनालाई निको भएको छ । एकै दिन निको हुनेको यो सबैभन्दा बढी हो ।

भारतमा हालसम्म ४५ लाख ६२ हजार ४१४ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार २७१ पुगेको छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here