पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्री रोक्न निर्देशन

काठमाडौं, २७ भदौं । औषधि व्यवस्था विभागले पाँच उद्योगका ह्याण्ड स्यानिटाइजरको बिक्री रोक्न निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएको हो ।

बिक्री वितरण रोक्न निर्देशन दिएको भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर रहेका छन् ।

त्यस्तै सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here