थप १२०१ जनामा कोरोना पुष्टी, ८५२ जना निको भए

काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी गराएको हो ।

यो अवधिमा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण भएको छ । सो परीक्षणबाट १२ सय १ जनाका कोरोना पुष्टी भएको हो ।

यसमध्ये काठमाडौं र मकवानपुर जिल्लामा आज सर्वाधिक संख्यामा कोरोना पुष्टी भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ र मकवानपुरमा १ सय ७ जनाका कोरोना देखियो ।

योसँगै नेपालमा कुल ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । आज ८५२ जना मानिस डिस्चार्ज भएका छन् । नेपालमा ७०.६ प्रतिशत मानिस निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here