उपत्यकामा पाँचसहित थप १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना मानिसको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो ।

सुनसरीका ४३ वर्षिय पुरुषको ज्यान गएको छ ।

यसअवधिमा पर्साकी ७८ वर्षिय महिलाको समेत मृत्यु भएको हो । काठमाडौंमा ७६ वर्षिय महिला, ५१ वर्षिय पुरुष र ५४ वर्षिय पुरुषको समेत ज्यान गएको छ । भक्तपुरमा ७२ वर्षिय पुरुष र ३८ वर्षिय पुरुषको यो अवधिमा ज्यान गएको छ ।

चितवनमा ६१ वर्षिय पुरुषको मृत्यु भएको छ । तनहुँमा ७६ वर्षिय महिला, स्यांग्जामामा ८५ वर्षिय पुरुष, गोरखामा ४५ वर्षिय पुरुष, कास्कीमा ६० वर्षिय पुरुष र रुपन्देहीमा ६० र ४० वर्षिय दुई पुरुष गरी यो अवधिका कुल १४ जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ । नेपालका ३ सय ३६ जनाको ज्यान गएकोमा यो तथ्यांक कुल संक्रमितको तुलनामा ०.६३ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here