वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाने, वोमीको सेयर कारोबार रोक्का

काठमाडौं, २८ भदौं । नेप्सेमा सूचीकृत भएको वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर हुने भएको छ ।

वोमी लघुवित्त वित्तीय संस्थाको भदौ २६ गते शुक्रबार बसेको बैठकले ग्रमिण स्वयंसेवक लघुवित्त कम्पनीसँगको मर्जरलाई मध्यनजर गर्दै आफ्नो सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

अब यी दुई संस्थाको कारोबार मर्जरपछि खुल्ला हुने छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तले यसअघि नै नागरिक लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।

प्रदेश दुईको सर्लाहीमा केन्द्रीय कार्यालय रहेर प्रदेश स्तरको लघुवित्तका रुपमा काम गरिरहेको ग्रामीण स्वयंसेवक लघुवित्तको चुक्ता पुँजी २०७७ असार मसान्तमा ४ करोड २० लाख छ । यस्तै राष्ट्रियस्तरको वोमी लघुवित्तको चुक्तापुँजी २७ करोड ७८ लाख छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here