धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो स्पष्टिकरण, कारणसिहत जवाफ पठाउन निर्देशन

काठमाडौं २८ भदौं । नेप्सेको कारोबार प्रणालीमा पटक पटक समस्या आएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण सोधेको छ ।

कारोबार प्रणालीमा के भएको हो, कारण सहित जवाफ पठाउन भन्दै सेबोनले आइतबार नेप्सेलाई पत्र काटेको छ । पत्रमा सेबोनले यथाशिघ्र जवाफ पठाउन पनि नेप्सेलाई निर्देशन गरेको छ । पटक पटक एउटै समस्या दोहोरिएको भन्दै सेबोनले स्पष्टीकरण सोधेको हो ।

आज पनि कारोबार प्रणालीमा समस्या आएको छ । यसकारण लगानीकर्ताले सहज रुपम कारोबार गर्न पाएका छैनन । नेप्सेले कारोबार समय बढाएर सवा २ बजेदेखि ५ः१५ बजेसम्म बजार खुल्ला राख्ने भएको छ ।

अहिले भने नेप्सेमा नियमित रुपमा कारोबार भइरहेको ब्रोकरहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here