युनिक नेपाल लघुवित्तलेको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं, २८ भदौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा संस्थाबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।

अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजी १० करोड रहेको संस्थाको जारी पूँजी भने ९ करोड रुपैयाँ रहेको छ।

बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २०७५ साल पुस १ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। स्थापनाको छोटो अवधिमै संस्थाले आफ्नो कार्यक्षेत्र बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत ८२ हजार ८६५ विपन्न वर्गका महिलालाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ५ लाख रुपैयाँ खुद मुुनाफा गर्न सफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here