सेयर बजारमा उर्लिए लगानीकर्ता, ३ अर्ब ३७ करोड बढीको कारोबार

काठमाडौं, २८ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ ।

यसदिन १९१ कम्पनीको ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपैयाँ बराबरको कारोबार भएको छ । ७१ लाख ७९ हजार ८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आइतबार टिएमएसमा समस्या आएपछि केही समय काराेबार भएर पुनः २ बजेपछि खुलेर ५ः१५ सम्म कारोबार भएको थियो ।

आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३२५।१५ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक २९.२२ अंकले घटेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २४ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

पछिल्लो डेढ डेढ महिनादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ ।

कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here