निजी अस्पतालको पीसीआर रिपोर्टले मान्यता पायो, अब व्यक्तिगत कोरोना बीमा नहुने

काठमाडौं २८, भदौं । कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ । कोरोना बिमा मापदण्ड २०७७ संशोधन गरी बिमा समितिले यस्तो व्यवस्था गरेको हो ।

यसअघि सरकारी अस्पतालमा गरिएको पीसीआर परिक्षणका आधारमा मात्र दाबी गर्न पाइने व्यवस्था थियो ।

निजी प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमामा दाबी भुक्तानी पाइने भएको छ । बिमा समितिले कोरोना बिमा मापदण्ड २०७७ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

यसअघि सरकारी अस्पतालमा परिक्षण गरिएको रिपोर्टका आधारमा मात्र कोरोना बिमामा दाबी भुक्तानी पाइने व्यवस्था थियो । भदौं २९ गते देखि यो व्यवस्था लागु हुने बीमा समितिले जनाएको छ ।

अब स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका निजी प्रयोगशालाका रिपोर्टका आधारमा पनि बिमा कम्पनीहरुले कोरोना बिमाको दाबी भुक्तानी दिनु पर्नेछ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नु पर्नेछ ।

नयाँ मापदण्डमा व्यक्तिगत बिमालेख खारेज गरी सामुहिक बिमालेख मात्र जारी गर्नु पर्ने उल्लेख छ । यो निर्देशन पछि बीमा कम्पनील व्यक्तिगत बिमालेख विक्री गर्ने छैनन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here