विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं, २९ भदौं । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । आइतबार एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

थपिएकाहरु भारतमा ९४ हजारभन्दा धेरै, अमेरिकामा ४५ हजारभन्दा धेरै तथा ब्राजिलमा ४३ हजारभन्दा धेरै रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजारभन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

पछिल्लो समय भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ लाख १७ हजारभन्दा धेरै पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here