क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई वरिष्ठ पाइलटलाई कोरोना

काठमाडौं, २९ भदौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको हो।

स्टार अस्पतालमा आइतवार स्वाब दिएका दुबै पाइलटको सोमवार बिहान संक्रमण पुष्टि भएको थियो ।

कोरोना देखिएसँगै दुबै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here