जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे

फाइल

काठमाडौं, २९ भदौं । नेपाल रेल्वे कम्पनीले १ सय २९ कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

स्नातकदेखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरिएको छ । अधिकृत तृतीय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको माग गरेकाे छ ।

कम्पनीले दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने जनाएको छ ।

आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जनाएको छ ।

अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ ।

हाल करारमा कर्मचारी लिन लागिएको हो। करार अवधि कम्तीमा ६ महिनाको हुनेछ। नेपाल सरकारको नियम अनुसार पारिश्रमिक तोकिने पनि कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here