काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here