जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २९ भदौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट फुकुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल ईजलासले आगामी असोज ८ गतेसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

दिईएको अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने सम्बन्धमा असोज ८ गते पुुन: छलफल हुने भएको छ ।

अधिवक्ता सन्तोष भण्डारी लगायतले दायर गरेको रिट निवेदनमा अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ,रामेश्वरप्रसाद कोईराला,किर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिने र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । त्यसयता रोकिएको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here