प्याज निकासीमा भारतको प्रतिबन्ध, नेपालमा मूल्य बढ्यो

काठमाडौं, ३० भदौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको हो ।

भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिमार्जन गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको जनाएको छ । मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउनेछैन । प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here