नेप्से परिसूचक ४.७४ अंकले घट्यो, १ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, ३० भदौं । सेयर बजार ओरालो लागेको छ ।

पछिल्ला दिनदेखि लगातार दोहोरो अंकले बढिरहेको नेपाल स्टक एक्सचेञ्ज मंगलबार भने नेप्से परिसूचक सामान्य अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ४.७४ अंकले घटेर १५३६.३ विन्दुमा कायम भएको हो । यसदिन १९१ कम्पनीको ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ७९ करोड ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।

नेप्सेमा होटल, लाइफ इन्स्योरेन्स र म्यूचुअलफण्डबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७.३३ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १४.५५अंकले घटेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

पछिल्लो डेढ डेढ महिनादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here