कुलमानको विदाइ सम्बोधन : ‘एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्ने छैन, विकल्परहित केही हुँदैन’

काठमाडौं, ३० भदौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरेका छन् ।

घिसिङलाई मंगलबार प्राधिकरणका कर्मचारीले एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई विदाइ गरेका हुन् । विदाइ गर्दै प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताए। उनले केही पनि विकल्परहित नरहेकोसमेत प्रष्ट पारे।

‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन घिसिङले भने ।’ ‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो ।

२०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो।

उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठेको छ । तर सरकारले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here