काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० भदौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here