आरक्षणको परिणाम खोज्न निर्देशन, समावेशी आयोगले आरक्षणका कमजोरी केलाउने

काठमाडौं, २६ बैशाख । मुलुकले अपनाएको आरक्षणको नीतिले हालसम्म दिएको परिणामको समीक्षा गर्न प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।

प्रचलित कानून अनुसार सरकारी तथा गैरसरकारी सेवामा गरिएको आरक्षण/समावेशीकरणले लक्ष्य अनुसारको परिणाम हासिल गरे नगरेको विवरण उपलब्ध गराउन समितिले भर्खरै गठित राष्ट्रिय समावेशी आयोगलाई निर्देशन दिएको हो ।

समितिको बिहीबार बसेको बैठकले आरक्षण नीतिले अपेक्षित नतिजा नदिएको भए त्यसको अवस्था र कारण समेत खोज्न पनि आयोगलाई भनेको छ भने समावेशिता अभिवृद्धि गर्न विश्वमा प्रचलित अभ्यासको खोजी गरी त्यसको विवरण तयार गर्न पनि निर्देश गरेको छ ।

बिभिन्न सामाजिक, आर्थिक, भौगोलिक, ऐतिहासिक, जातीय, वर्गीय आयामहरुको बिस्तृत, सुक्ष्म र परिणाममुखी अध्ययन, विश्लेषण गर्न र आयोगका गतिविधि, क्रियाकलाप त्रैमासिक रुपमा समितिलाई लिखित जानकारी गराउन पनि समितिले आयोगलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here