१० हजार स्थानमा वर्ल्डलिङ्कको फ्री वाईफाई

काठमाडौं, ३० भदौ । वर्ल्डलिङ्कले आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ ।

यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए । ‘

यस बाहेक हामीले महाबिर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेट सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरदा दिएका छौं ।’

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिङ्कले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको भन्दै आभार व्यक्त गरे । ‘

देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिङ्कले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ,’ उनले भने, ‘त्यसका लागि आश्रमको तर्फबाट वर्ल्डलिङ्कलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीले आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि १० लाख रुपैयाँ बराबरको लत्ताकपडाको समेत व्यवस्था गरिदिएको छ ।

मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महाबीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाबीर पुनले आफ्नो सफलताको सारथी बनेकोमा वर्ल्डलिङ्कप्रति विशेष आभार व्यक्त गरेका छन् ।

कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले वायरलेस इन्टरनेट नेटवर्किङका लागि निःशुल्क रुपमा ब्याण्डविथका साथै आवश्यक उपकरण सहयोग
गरेर लगाएको गुन सम्झिए ।

‘वर्ल्डलिङ्कसँगको मेरो सम्बन्ध सुरु भएको १६ वर्ष पुगेछ । म्याग्दीबाट सुरु गरेर वायरलेस इन्टरनेट मैले विभिन्न १६ जिल्लामा पुर्‍याएँ । त्यही इन्टरनेटले नै लाई विश्वभर चिनायो,’ उनले भने, ‘त्यसका लागि मैले वर्ल्डलिङ्कबाट निकै धेरै सहयोग पाएको छु । निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबै माझ चिनाउन सघाएकोमा वर्ल्डलिङ्कप्रति विशेष आभारी छु ।’

आफूले वायरलेस इन्टरनेटलाई कहिल्यै पनि व्यवसायिक उद्देश्यका लागि विस्तार नगरेको भन्दै पुनले वर्ल्डलिङ्कबाट निःशुल्क रुपमा प्राप्त ब्याण्डविथकै कारण आफूले देशका ग्रामीण क्षेत्रमा इन्टरनेट दिन सकेको बताए ।

उनले अगाडि भने, ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरु गरेको वायरलेस इन्टरनेट चलिरहेको छ । अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेको छ, उनीहरु सबैको तर्फबाट म वर्ल्डलिङ्कप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धितः

वर्ल्डलिङ्कको २५ वर्ष पुरा, ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग धेरै, युट्यूब प्रयोगकर्ता ७५.६ प्रतिशत वृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here