सिन्धुपाल्चोकको पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु

काठमाडौं,३१ भदौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।

सिन्धुपाल्चोक केन्द्र भएर गएको ६ रेक्टर स्केलको क्षतिका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘रातभर पानी परेको र त्यहीमाथि भूकम्प गएकाले पहिरोको जोखिम भने झन् बढेको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयको अनुसार आज भूकम्प गएको केन्द्रबिन्दु राम्चे अस्ति भर्खर पहिरो गएको स्थान र जुरे पहिरोको ठीक बीचमा पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here