बहराइन राजपरिवारका सदस्यसहित १८ जना लोबुचे र मनास्लु चढ्न नेपाल आए

काठमाडौं, ३१ भदौ । बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।

‘बहराइन अधिराज्यबाट यहाँको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित १६ सेप्टेम्बर २०२०, राती करिब १२ः३० बजे नेपाल प्रस्थान गरेको छ,’ बहराइन स्थित नेपाली दूताबासले एक विज्ञप्तिमा भनेको छ ।

बहराइनको रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा तीन जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो ।

लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल आएको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ ।

सो टोलिलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७ भदौ १४ मा नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वः क्वारेन्टिनमा रहेको दूताबासले जानकारी दिएको छ ।

कोभिड१९ संक्रमण भए नभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन् । सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नेछ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व सो टोलिलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए ।

उक्त भेटमा सुन्दासले नेपाल र बहराइनबिच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

सो टोलीलाई बहराइनी पक्षबाट रोयल गार्डका डेपुटि कमाण्डर मेजर जनरल हमाद खलिफा एलनोइमलगायतले शुभकामना दिएका थिए ।

सम्बन्धितः

शरद ऋतुको लागि हिमाल आरोहणको अनुमति जारी, स्वास्थ्य मापदण्ड अनिर्वाय

हिमाल आरोहण रोकिँदा ६० करोड गुम्दै

हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here