होम आइसोलेसनमा बस्दै आएका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइराला ज्वरो बढेपछि मंगलबार साँझ चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् ।

महामन्त्री डा. कोइरालालाई भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।

बुधबार ज्वरो अलिक धेरै आएर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here