सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ भदौं । सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

बुधबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ ।

मंगलबार पनि सुनचाँदी आजकै मूल्यमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायीको अनुसार साताको पहिलो दिन स्थिर र दोश्रो दिन प्रतितोला ४ सय रुपियाँ र तेश्रो दिन हिजो प्रतितोला ६ सय रुपियाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

बुधबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here