सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ८४ करोडको कारोबार

काठमाडौं, ३१ भदौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।

मंगलबार ४.७४ अंकले घटेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बुधबार भने सामान्य अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१. ४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबारको बजारमा दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआरएन लघुवित्त वित्तीय संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स, यूनाईटेड मोदी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, सोल्टी होटल, न्याङ्दी ग्रुप पावर, रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तारागाउँ रिजेन्सी होटल, जोशी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here