कोरोनाले थलिएको अर्थतन्त्र रक्षाको लागि सार्क राष्ट्रका अर्थमन्त्रीहरुको जोड

काठमाडौं, ३१ भदौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अर्थमन्त्रीहरुको बैठक सम्पन्न भएको छ ।

अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठक परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

आठवटै सदस्य देशका अर्थमन्त्री सम्मिलित बैठक परराष्ट्र मन्त्री ज्ञावालीले कोरोनाको कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु राखेका थिए ।

नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गरे ।

यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको धारण राखे ।

उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले मन्तब्य राखेका थिए । कोरोना र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए ।

बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा बैठकको अध्यक्षता गरेका थिए ।

एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here