नेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाले उद्यमशीलता विकासमा सहकार्य गर्ने

काठमाडौं, ३१ भदौ । नेपाल बैंक लिमिटेड र सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाले उक्त पालिकाले संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने भएका छन् ।

दुई संस्थाले मंगलबार सोसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय तथा सेवामुलक उद्यम व्यवसायका लागि आवश्यक सहयोग गर्ने लक्ष्य लिएको छ ।

यसका साथै, अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्ने, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउने, आवश्यक दक्ष जनशक्ति तयार गर्ने, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य पनि कार्यक्रमले लिएको छ ।

यसले स्थानीय बिशेषतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रवद्र्घन गर्न सहयोग पुग्नेछ ।

अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदानदिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न र गाउँपालिका र बैँकबीच उक्त सम्झौता भएको हो ।

विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखगाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लि. पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

संझौतामा वैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा पालिकाका अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गरे ।

सम्बन्धितः

छोरीको शिक्षा र उद्यमशिलतामा चाँगु नगरपालिकालाई सघाउँदै नेपाल बैंक

नेपाल बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here