मेरो शेयर अब मोबाइल एपमा, बुधबारबाट परीक्षण शुरु

काठमाडौं, १ असोज । मेरो शेयर अब मोबाइल एपमा पनि उपलब्ध भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर एप बुधबारदेखि नै गूगलको प्लेस्टोरमा उपलब्ध गराएको हो ।

मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्तामैत्री एवम् सहज रुपमा प्रयोग योग्य बनाउने योजनाअनुरुप मोबाइल एप तयार गरिएको कम्पनीले बताएको छ ।

सो एपमा मेरो शेयरको वेव भर्सनमा रहेका सुविधामध्ये माई आस्बाबाहेक सबै उपलब्ध रहेका छन् । निकट भविष्यमा नै माई आस्बा सहितकाा सम्पूर्ण सुविधा सामेल गरिने सीडीएससीले जनाएको छ ।

सो एप केही समयका लागि परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । तर, परीक्षणको रुपमा सञ्चालन गरिए पनि एपमार्फत गरिने सम्पूर्ण कारोबारहरु आधिकारिकनै रहेको कम्पनीले जानकारी दिएको छ ।

एपमार्फत कारोबार गर्दा होशियारीपूर्वक गर्न र कुनै समस्या देखिएमा वा सुझाव भएमा सीडीएससीलाई इमेलमार्फत जानकारी गराउन पनि उसले आग्रह गरेको छ ।

हालका लागि सो एप प्ले स्टोरमा मात्र उपलब्ध छ भने निकट भविष्यमै आईओएसमा पनि उपलब्ध हुने बताइएको छ ।

मेरो शेयरमार्फत लगानीकर्ताले आफ्नो डीपी खातामा मौज्दात रहेको धितोपत्रको विवरण हेर्न, बजार मूल्यको आधारमा आफ्नो पोर्टफोलियो हेर्न र आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औसत गणना गर्न सक्छन् ।

त्यसैगरी, धितोपत्रको कारोबार पछिको राफसाफ तथा फछ्र्यौटका लागि आफ्नो धितोपत्र सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतीय पुर्जी जारी गर्न तथा प्राथमिकत बजारमा सार्वजनिक निष्काशन भएका धितोपत्रको खरीद आवेदिन दिने जस्ता सुविधा पनि मेरो शेयरमा छन् ।

सम्बन्धितः

मेरो शेयरको स्तरोन्नति, भारित औसत गणनाको परीक्षण शुरु

‘हल्लाको भरमा शेयरमा लगानी गर्नु राम्रो होइन’

डिम्याट खाता खोल्ने १६ लाख नाघे, ५ अर्ब ६ करोड सेयर अभौतिकिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here