भारतमा एकैदिन ९७ हजार जनामा कोरोना संक्रिमित थपिए

फाइलफोटो

काठमाडौं, १ असोज । भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिए सगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको हो ।

बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here