सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ घट्यो

काठमाडौं, १ असोज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ तथा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।

बुधबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार घटेर प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा पुगेको छ ।

बुधबार ९७ हजारमा रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९ सय रुपैयाँ कम अर्थात ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारका लािग चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here